काठमाडौं, २८ पुष। प्रतिनिधिसभाको सभामुख पदका लागि आगामी माघ ५ गते निर्वाचन हुने भएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा जेष्ठ सदस्य पशुपति शमशेर जबरा राणाले सो जानकारी दिए। उनले संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन्।
संविधानअनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने व्यवस्था छ।
संसदीय निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक पुष २५ गते बसेको थियो भने प्रतिनिधिसभाको अर्को बैठक माघ ५ गते बिहान ११ बजे बस्नेछ।