काठमाडौं, २६ भदौ। संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।
प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।
नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङको निधनप्रति दु:ख व्यक्त गरेको छ।