Saturday, September 23, 2023
spot_img
Homeखेलकुदआज फ्रान्स विरुद्ध पोल्याण्ड र इंग्ल्याण्ड विरुद्ध सेनेगल

आज फ्रान्स विरुद्ध पोल्याण्ड र इंग्ल्याण्ड विरुद्ध सेनेगल

काठमाडौं, १८ मंसिर। फिफा विश्वकप २०२२ मा आज अन्तिम १६ का दुई खेल हुँदैछन्।

बेलुका ८:४५ मा फ्रान्स र पोल्याण्डबीचको खेल हुँदैछ। अर्को खेल सेनेगलले राति १२:४५ मा इंग्ल्याण्डसँग खेल्नेछ।

यस्तै हिजो भएको खेलमा नेदरल्याण्ड्सले संयुक्त राज्य अमेरिका विरुद्ध ३-१ को जित निकाल्दैक्वाटरफाइनलमा प्रवेश गरेको छ।

हिजो भएको अर्को खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलले पराजित गर्दै फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसी र जुलियन अल्भारेजले एक एक गोल गरे। यस्तै अर्जेन्टिनाका फर्नान्डेजले आत्मघाती गोल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको