काठमाडौं, ११ मंसिर। फिफा विश्वकप २०२२ मा कोस्टारिकाले जापानलाई पराजित गरेको छ।
आइतबार भएको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले जापानलाई १–० ले हराएको हो।
८१ मिनेटसम्म दुवै पक्षले गोलको प्रयास गरेका थिए। जसमा कोस्टारिका सफल भयो। कोस्टारिकाका लागि फुलरले गोल गरेका थिए।
जितसँगै कोस्टारिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेको छ। कोस्टारिका २ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।
दोस्रो स्थानमा रहेको जापानको पनि समान खेलबाट समान अंक छ। शीर्ष स्थानमा रहेको स्पेनले एक खेलबाट ३ अंक जोडेको छ भने पहिलो खेलमा हारेको जर्मनीको अंकविहीन छ।
यो समूहमा आज राति जर्मनी र स्पेन आमने सामने हुनेछन्। जर्मनीलाई अन्तिम १६ मा पुग्न आजको खेलमा जित आवश्यक छ।
यसअघि समूहको पहिलो चरणको खेलमा स्पेनले कोस्टारिकालाई ७-० र जापानले जर्मनीलाई २-१ गोलले हराएका थिए।
यस्तै समूह चरण ‘एफ’ को बेल्जियम र मोरक्को बीच अल थुमामा रङ्गशाला नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा हुदैछ।
सोहि समूह चरणको अर्को खेल क्रोएशिया र क्यानडा बीच खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार ९ बजेर ४५ मिनेटमा हुदैछ।