काठमाडौं, ११ मंसिर। विश्वकपको २२ औं संस्करण कतारमा नोभेम्बर २० बाट सुरु भएको छ र आज समूह चरणको चार खेल हुदैछ।
समूह चरण ‘ई’ को जापान र कोस्टा रिका बीच अहमद बिन अलि रङ्गशालामा नेपाली समय अनुसार ३ बजेर ४५ मिनेटमा हुदैछ।
यस्तै सोहि समूह चरणको अर्को खेल स्पेन र जर्मनी बीच अल बैत रङ्गशालामा आज राति १२ बजेर ४५ मिनेटमा हुदैछ।
समूह चरण ‘एफ’ को बेल्जियम र मोरक्को बीच अल थुमामा रङ्गशाला नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा हुदैछ।
सोहि समूह चरणको अर्को खेल क्रोएशिया र क्यानडा बीच खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार ९ बजेर ४५ मिनेटमा हुदैछ।