Friday, March 29, 2024
spot_img
Homeखेलकुदविश्वकपमा आज पोर्चुगल र घाना सहित चार खेल हुँदै

विश्वकपमा आज पोर्चुगल र घाना सहित चार खेल हुँदै

काठमाडौं, ८ मंसिर विश्वकपको २२ औं संस्करण कतारमा नोभेम्बर २० बाट सुरु भएको छ र आज समूह चरणको चार खेल हुदैछ।

आज समूह चरण ‘जी’ को स्विट्जरल्यान्ड र क्यामरून बीच अल यानूब रङ्गशालामा नेपाली समय अनुसार ३ बजेर ४५ मिनेटमा हुदैछ।

यस्तै सोहि समूह चरणको अर्को खेल आज रति १२ बजेर ४५ मिनेटमा ब्रजिल सर्बिया बीच लुसैल रङ्गशालामा हुदैछ।

समूह चरण ‘इ’ को पहिलो खेल युरुग्वे र दक्षिण कोरिया बीच एडूकेशन सिटी रङ्गशालामा नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा हुदैछ।

सोहि समूह चरणको अर्को खेल आज राति पोर्चुगल र घाना बीच रङ्गशाला ९७४ मा नेपाली समय अनुसार ९ बजेर ४५ हुदैछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको