काठमाडौं, ६ मंसिर। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले आ–आफ्ना निर्वाचन क्षेत्रमा आ–आफ्ना दावेदारविरुद्ध सहज अग्रता कायम राखेका छन्।
डडेल्धुरा १ मा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ९ हजार ७ सय ७३ मतका साथ अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल ५ हजार १ सय ९३ मतका साथ शेरबहादुर देउवा भन्दा पछी छन्।
त्यसैगरी झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १५ हजार ५ सय १० मतका साथ अगाडि छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारी ८ हजार ९ सय ५५ मतका साथ केपी शर्मा ओली भन्दा पछी छन्।
त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो क्षेत्र गोरखा–२ मा ७ हजार ५७ मतका साथ् फराकिलो अग्रता लिएका छन् भने उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १ हजार ९ सय २९ मत ल्याएका छन्।
रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ८ हजार १ सय ९२ मतका साथ अगाडि छन् भने एमालेका अजयकुमार गुप्ताले ७ हजार ५ सय ९७ मत ल्याएका छन्।
झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ७ हजार ४० मतका साथ अगाडि छन् भने कांग्रेसका कृष्ण सिटौलाले ५ हजार २ सय २६ मत ल्याएका छन्।