काठमाडौं, ४ मंसिर। आफ्नो प्रतिष्ठालाई दाउमा राख्दै विदेशी कामदारहरूप्रतिको व्यवहार, एल.जी.बि.टि (LGBT) अधिकार र सामाजिक प्रतिबन्धहरूका कारण आलोचनाको सामना गर्दै आइतवार कतारमा विश्वकप सुरु भयो।

कतारका अमिर शेख तमिम बिन हमाद अल-थानी फिफा अध्यक्ष जियानी इन्फान्टिनोको साथमा रङ्गशालामा पुगेका थिए र अन्य अरब नेताहरूसँगै बसेर उद्घाटन समारोह निहाले।


त्यसपछि अमेरिकी अभिनेता मोर्गन फ्रिम्यान र कतारी गायक फहाद अल-कुबैसीको साथमा के-पप ब्वाई ब्यान्ड बि.टि.एस. (BTS) का गायक जंगकुकको विशेषता रहेको ड्रिमर्स नामक नयाँ टूर्नामेन्ट गीतको प्रदर्शनी भयो।

फिफा विश्वकप २०२२ को उद्घाटन खेल कतार र इक्वेडरबीच आज राति ९:४५ बजे सुरु हुनेछ। फिफा विश्वकप २०२२ को बाँकि खेल तालिका यस लिंकमा गएर हेर्नुहोला।