काठमाडौं, २७ कार्तिक। टी–२० विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्याण्डलाई १३८ रनको लक्ष्य दिएको छ।
अष्ट्रेलियाको मेलबर्नस्थित स्टेडियममा भएको फाइनल खेलमा पाकिस्तानले ८ विकेटको क्षतिमा १३७ रन जोडेको हो।
इंग्ल्याण्डले टस जितेर पहिले फिल्डिङ गरेको थियो। इङ्ल्यान्डका लागि साम करनले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए।

अदिल रासिद र क्रिस जोर्डनले दुई-दुई विकेट लिए भने बेन स्ट्रोक्सले एक विकेट लिएका थिए। पाकिस्तानका लागि सान मसुदले सर्वाधिक ३८ रन जोडेका थिए।