Friday, April 19, 2024
spot_img
Homeसमाचारबाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

काठमाडौं, २४ कार्तिक। बाजुरा जिल्लामा आज बिहान ५ बजेर १३ मिनेटमा भूकम्प गएको छ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकाको कडा क्षेत्रमा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रले यो २०७२ को गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको बताएको छ।

यसअघि बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटी जिल्लामा खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्नीच्युडको भूकम्प गएको थियो। जिल्लाको पुर्वी चौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको