काठमाडौं, ८ मंसिर। नेपाली कांग्रेसका नेता शशांक कोइराला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। कोइरालाको यो लगातार चौथो जित हो।
गठबन्धनका साझा उम्मेदवार कोइरालाले २७ हजार १ सय २७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत ल्याएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३ सय ५ मत प्राप्त गरेका छन्।