Tuesday, May 30, 2023
spot_img
Homeसमाचारकूल नाफा कमाए पनि इन्धनको मूल्य यथावत राख्ने निर्णय

कूल नाफा कमाए पनि इन्धनको मूल्य यथावत राख्ने निर्णय

काठमाडौं, १८ कार्तिक। नेपाल आयल निगमले सरकार र भारतीय आयल निगम (आइओसी)सँग ठुलो बक्यौता तिर्न बाँकि रहेको जनाउँदै कूल नाफा कमाए पनि इन्धनको मूल्य यथावत राख्ने निर्णय गरेको छ।

एनओसीका अनुसार इन्धन खरिदका लागि आईओसी र नेपाल सरकारसँग २९ अर्ब १० करोड रुपैयाँ बाँकी छ।

यसअघि निगमले सरकारबाट सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट तीन अर्ब रुपैयाँ ऋण लिएको थियो।

आईओसीले एनओसीलाई पठाएको पछिल्लो मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ०.६१ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.७६ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर ४.०१ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ४.७७ रुपैयाँले बढेको छ।

एनओसीलाई अहिले डिजेलमा प्रतिलिटर १२.१४ रुपैयाँ र एलपीजी सिलिन्डरमा २२८.८४ रुपैयाँ घाटा भइरहेको छ।

निगमले आगामी १५ दिनमा डिजेलमा रु ५८ करोड र ग्यास बिक्रीबाट रु २२ करोड ६३ लाखभन्दा बढी घाटा हुने अनुमान गरेको छ।

यसैबीच निगमले पेट्रोलमा प्रतिलिटर १३.९५ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर ३४.५४ रुपैयाँ र हवाई इन्धनको बिक्रीमा प्रतिलिटर ८७.३ रुपैयाँ र प्रतिलिटर ३५.९९ रुपैयाँ नाफा आर्जन गरिरहेको छ।

आन्तरिक बजारमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १८१ रुपैयाँ छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ छ।

त्यस्तै हवाई इन्धन प्रतिलिटर १९० रुपैयाँ र एलपी ग्यास प्रति सिलिन्डर १८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको