काठमाडौं, ८ कार्तिक। मंगलबार, २०७९ कार्तिक ८, तदनुसार अक्टोबर २५, २०२२ मा चन्द्रमा सूर्यको सामुन्ने जाँदा आंशिक सूर्यग्रहण हुनेछ। यो ग्रहण विश्वभरका मानिसहरुले आफ्नो स्थान अनुसार हेर्न सक्नेछन्।
यो आंशिक ग्रहण अफ्रिका, एसिया, युरोप र युनाइटेड किंगडमको गुर्नसेको उत्तरी गोलार्धमा देखिनेछ, उत्तरी ध्रुव र रूसमा चाहिँ ग्रहणको सबैभन्दा चरम सीमा देखिनेछ।
यो ग्रहण नेपाल भारतका साथै युरोप, अफ्रिकाको उत्तरपूर्वी भाग र एसियाको दक्षिणपश्चिम भूभागबाट देखिनेछ। करिब ३२ मिनेटसम्म चल्ने सूर्यग्रहणले नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ। ग्रहणको समय साँझ ५ बजेर २४ मिनेटमा समाप्त हुनेछ।