Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeकाठमाडौँकाठमाडौंका सबै निर्वाचन क्षेत्रको मतगणना सकियो, को कहाँ विजयी?

काठमाडौंका सबै निर्वाचन क्षेत्रको मतगणना सकियो, को कहाँ विजयी?

काठमाडौं, ७ मंसिर भर्खरै सम्पन्न संघीय निर्वाचनमा काठमाडौंको सबै निर्वाचन क्षेत्रमा मतगणना सकिएको छ।

काठमाडौंको दश क्षेत्रमध्य नेपाली कांग्रेसले पाँच क्षेत्र, राष्ट्रिय स्वतन्त्र पार्टीले चार क्षेत्र र नेकपा एमालेले एक क्षेत्रमा जित निकालेको छ।

काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह, काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, काठमाडौँ-३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे, काठमाडौँ-४ मा नेपाली कांग्रेसका गगन कुमार थापा, काठमाडौँ-५ मा नेपाली कांग्रेसका प्रदिप पौडेल विजयी भएका हुन्।

यस्तै काठमाडौँ -६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, काठमाडौँ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठल, काठमाडौँ-९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ र काठमाडौँ-१० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार के.सी विजयी भएका हुन्।

काठमाडौं–१ मा प्रकाशमान सिंहले ७ हजार १ सय ४३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबिन्द्र मिश्र मात्र १२५ मतले पराजित भएका थिए। मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए।

काठमाडौँ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मणिराम फुयाँललाई ३ हजार ६ सय ७४ मतान्तरले पराजित गरेकी हुन्। गौतमले १५ हजार २ सय २९ मत प्राप्त गरे भने फुयाँलले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल (उपाध्याय)ले ११ हजार १४ मत प्राप्त गरी तेस्रो र नेकपा (माओवादी केन्द्र)की पूर्वसभामुख ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत प्राप्त गरेकी छन्।

त्यस्तै काठमाडौँ-३ मा नेपाली कांग्रेसका सन्तोष चालिसेले १५ हजार १ सय ५८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण बहादुर राईले ११ हजार १ सय ९६ मत प्राप्त गरे।

काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन कुमार थापा २१ हजार २ सय ९३ मत ल्याएर नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै लगातार तेस्रो पटक चुनाव जितेका हुन्। भट्टराईले १३ हजार ८ सय ३७ मत प्राप्त गरे भने ७ हजार ४ सय ५६ मतले पराजित भए।

त्यस्तै काठमाडौँ-५ मा नेपाली कांग्रेसका प्रदिप पौडेलले १५ हजार २ सय ३७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इश्वर पोख्रेल थिए। पोख्रेल ले १० हजार १ सय ७५ मत प्राप्त गरे।

काठमाडौँ-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सर्बेन्द्र खनाललाई ५ हजार २ सय ९३ मतान्तरले पराजित गरेका हुन्। शिशिर खनालले १४ हजार २ सय ४ मत प्राप्त गरे भने सर्बेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गरेका हुन्।

त्यसैगरी काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७ सय ४३ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय र नेकपा (माओवादी केन्द्र)की उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत ल्याइन्।

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठले १० हजार १ सय ५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीकी सुमन सायमी थिए। सायमीले ५ हजार ८ सय ८९ मत प्राप्त गरे। नेकपा (एकीकृत समाजवादी) का वर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ४ हजार ८ सय ७७ मत ल्याएर तेस्रो भए।

काठमाडौँ-९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोख्रेललाई ९ सय ९५ मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले ११ हजार ९ सय ५६ मत प्राप्त भने पोख्रेलले १० हजार ९ सय ६१ मत प्राप्त गरेका हुन्।

त्यसैगरी काठमाडौँ-१० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार के.सी ले १४ हजार ४ सय ४८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमेश के.सी ले ११ हजार ७ सय ८६ मत प्राप्त गरे।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको