काठमाडौं, २ मंसिर। नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि नेपालले युएई विरुद्धको सिरिजको अन्तिम खेलमा १७७ रनको लक्ष्य पाएको छ।
कीर्तिपुर रंगशालामा टस जितेर पहिले बलिङ गरेको नेपालले ९ विकेट लिन सफल भएको थियो।
नेपालका गुल्सन झाले पहिलो विकेट लिँदै राम्रो सुरूआत गरेका थिए। खेलमा नेपालका गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २-२ विकेट लिए। दिपेन्द्र सिहं ऐरीले १० ओभरमा २२ रन दिएर दुई विकेट लिए भने गुल्सन झाले ७ ओभर बलिङ गरेर ४२ रन दिँदै २ विकेट लिए। पार्ट टाइम बलर कुशल भुर्तेलले ७ ओभरमा ३२ रन दिएर २ विकेट लिए। ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए।

युएईका लागि ५ खेलाडीले दोहोरो अंकमा रन बटुल्न सके थिए जसमा आयान अफजल खान नट आउट रहदै ६३ बलमा सर्वाधिक ५४ रन जोड्न सफल भएका थिए।
अन्तिम विकेटको लागि उत्कृष्ट साझेदारी गर्दै आएन अफजल खान र हजरत बिलालले युएईको इनिङलाई उकासे।



