Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटचिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानले इङ्ल्यान्ड र न्यूजिल्याण्डसँग सेमिफाइनल भिड्ने

चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानले इङ्ल्यान्ड र न्यूजिल्याण्डसँग सेमिफाइनल भिड्ने

काठमाडौं, २० कार्तिक। अस्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपको सेमिफाइनल खेल समिकरण पुरा भएको छ। आइतबार सुपर १२ का सबै खेल सकिएसँगै दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलका लागि छनोट भएका छन्।

समूह १ बाट न्युजिल्याण्ड समूह विजेता बनेको छ भने इङ्ल्यान्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। त्यस्तै समूह २ बाट भारत समूह विजेता र पाकिस्तान समूहको उपविजेता हुँदै अन्तिम ४ मा प्रवेश गरेको छ।

समूह २ को विजेता भारतले अब सेमिफाइनलमा समूह १ को उपविजेता इंग्ल्याण्डसँग खेल्नेछ। त्यसैगरी समूह २ को उपविजेता पाकिस्तानले समूह १ को विजेता न्युजिल्यान्डसँग खेल्नेछ।

समूह १ मा न्युजिल्यान्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाको समान ७–७ अंक भए पनि शीर्ष दुई टोली नेट रन रेटका आधारमा अगाडि बढेका छन्।

घरेलु टोली अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल वर्षाका कारण रद्द हुँदा समूहको खेल तालिका प्रभावित भएको थियो। श्रीलंकाले ४ अंक जोड्दा आयरल्यान्डले ३ र अफगानिस्तानले २ अंक जोड्दै विश्वकपमा आफ्नो यात्रा समाप्त गरेको थियो।

त्यस्तै समूह २ मा भारतले ५ खेलमा ४ जितसहित ८ अंक जोडेको थियो भने पाकिस्तानले ३ जितसँगै ६ अंक जोडेको थियो।

आइतबार बिहान नेदरल्यान्ड्ससँग अप्रत्याशित रूपमा पराजित हुँदा दक्षिण अफ्रिका नाटकीय ढंगले सेमिफाइनलबाट बाहिरिएको थियो। अफ्रिकाले ५ खेलमा ५ अंक जोड्न सफल भयो।

नेदरल्यान्ड्सले रन रेटमा बंगलादेशलाई पछि पर्दै चौथो स्थानमा रहँदै विश्वकपमा आफ्नो यात्रा पूरा गर्‍यो। पछिल्लो खेलमा भारतसँग पराजित भएको जिम्बाब्वेले ३ अंकका साथ पुछारमा रहेको विश्वकप यात्रा समाप्त गरेको छ।

अब फाइनल प्रवेशका लागि न्युजिल्याण्ड र पाकिस्तान बुधबार सिड्नीमा भिड्नेछन्। त्यस्तै सेमिफाइनलको अन्तिम खेलमा बिहीबार एडिलेडमा भारत र इंग्ल्याण्ड भिड्दैछन्।

यी दुवै खेलको विजेताले आगामी आइतबार मेलबर्नमा फाइनल खेल्नेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको