काठमाडौं, २० भदौ। दुबईमा जारी एसिया कपको “सुपर फोर”को रोमाञ्चक खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले पराजित गरेको छ।
जितका लागि १८२ रनको लक्ष्य पाएको पाकिस्तानले अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गरेको हो। उनका लागि ओपनर मोहम्मद रिजवानले ७१ रनको उत्कृष्ट पारी खेले। उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो।
कोहलीले लगातार दोस्रो अर्धशतक प्रहार गर्दै ४४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विराट कोहलीले सर्वाधिक ६० रन बनाएक थिए।
योसँगै पाकिस्तानले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।



