Wednesday, November 30, 2022
spot_img
Homeअन्तराष्ट्रियपाकिस्तानको रोमाञ्चक जितमा रिजवान र नवाज स्टार

पाकिस्तानको रोमाञ्चक जितमा रिजवान र नवाज स्टार

काठमाडौं, २० भदौ। दुबईमा जारी एसिया कपको “सुपर फोर”को रोमाञ्चक खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले पराजित गरेको छ।

जितका लागि १८२ रनको लक्ष्य पाएको पाकिस्तानले अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गरेको हो। उनका लागि ओपनर मोहम्मद रिजवानले ७१ रनको उत्कृष्ट पारी खेले। उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो।

कोहलीले लगातार दोस्रो अर्धशतक प्रहार गर्दै ४४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विराट कोहलीले सर्वाधिक ६० रन बनाएक थिए।

योसँगै पाकिस्तानले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको