Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeविजनेसप्लास्टिकका फूल, मालामा प्रतिबन्ध

प्लास्टिकका फूल, मालामा प्रतिबन्ध

काठमाडौं, १६ साउन। नेपाल सरकारले प्लास्टिकका गुच्छा, फूल र मालाको उत्पादन, पैठारी, बिक्री वितरण तथा भण्डारणमा पूर्ण प्रतिबन्ध लगाएको छ।

वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा साउन १३ गते सूचना प्रकाशित गरेपछि यो प्रतिबन्ध लागु भएको हो । ‘पर्यावरण संरक्षण ऐन, २०१९ को दफा १५ बमोजिम प्लास्टिकका गुच्छा, फूल र मालाको उत्पादन, पैठारी, बिक्री वितरण वा वितरणमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ सूचनामा भनिएको छ।

कुनै व्यक्ति वा संस्थाले ऐन अन्तर्गत बनेको नियमविपरीत काम गरेमा कसुर गर्नेलाई तीन लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने पनि ऐनले उल्लेख गरेको छ।

प्रतिबन्धले वार्षिक १० करोड रुपैयाँको प्लाष्टिकबाट बनेका सजावटी सामग्रीको आयातमा रोक लगाउने मात्र नभई त्यस्ता नन-बायोडिग्रेडेबल(जैविक विघटन गर्न नसक्ने) वस्तुहरूबाट हुने वातावरणीय हानि न्यूनीकरणमा समेत सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।

प्लाष्टिकबाट बनेका सजावटी सामग्री प्रायः चीनबाट आयात गरिन्छ। अधिकारीहरूले यस कदमले घरेलु किसानहरूलाई पनि फूलखेतीमा संलग्न हुन प्रोत्साहित गर्ने र उनीहरूलाई देशमा बजार पाउन मद्दत गर्ने बताए। घर, होटल र व्यापारिक केन्द्रहरूमा प्राकृतिक फूलहरूको माग पूरा गर्न यसले चुनौती खडा गर्ने अपेक्षा गरिएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको