Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारप्रदर्शनरत चलचित्र 'रङ्गेली'को गीत 'फूल ओइलिएर' रिलिज

प्रदर्शनरत चलचित्र ‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ रिलिज

काठमाडौं। गत शुक्रवारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’को अर्को गीत ‘फूल ओइलिएर’ रिलिज भएको छ । युट्युबमा सार्वजनिक यस गीतमा सुशान्त गौतमको स्वर तथा सङ्गीत रहेको छ । चलचित्रका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका छन् ।

शुक्रवार देखि बिहीबारसम्म आइपुग्दा यो चलचित्रले उल्लेखनीय रूपमा दर्शक पाइरहेको छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । बुधवार दिउसोका शो हरू सन्तोसजनक र साँझका शो हरू हाउसफुल थिए । दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो । चलचित्रको लम्बाई कम भएपछि दर्शकले झनै ‘इञ्जोए’ गरेको निर्देशक सुवेदीले बताए ।

अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

नेपाल रिलिजपछि यो चलचित्र अमेरिका, क्यानडा, जापान, कोरिया, मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा रिलिज हुने पक्का भइसकेको छ । त्यस्तै, अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग रिलिजको लागि अन्तिम चरणमा पुगेको बताइएको छ ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको