काठमाडौं, १४ मंसिर। गत वर्षको मंसिर १२ गते एयर होस्टेस तथा मोडल करिश्मा केसीसँग विवाह गरेका अभिनेता सलोन बस्नेत पिता बन्ने भएका छन्।
मंगलबार सलोन र करिष्माले पहिलो एनिभर्सरी मनाए सङै एनिभर्सरीको अवसरमा केक काट्ने क्रममा ‘सलोमा’ जोडीले आमा–बुबा बन्न लागेको जानकारी गराएका हुन्। करिश्माले ‘कमिङ मे २०२४’ लेखिएको केकको भिडियो टिकटकमा राख्र्दै आमा–बुबा बन्न लागेको खुसी साटेकी हुन्। लुकाउँदा लुकाउँदा पनि एक दुई जना हुँदै धेरै जनालाई थाहा भएको भन्दै सलोन र करिश्माले सामाजिक सञ्जालबाटै नै बाबु–आमा बन्न लागेको खबर सार्वजनिक गरेको बताएका छन। उनीहरूले भिडियो एक्स रेको फोटो समेत पोष्ट गरेका छन्।

करिश्माले लेखेकी छन्, ‘सुरुमा हामी एकअर्काको भयौं, अब तिमीलाई प्राप्त गर्दैछौं, हामीसँग सबथोक छ; सलोमा।’ सलोमा भनेर उनले बच्चाको नामाकरण पनि गरिसकेको देखिन्छ। सन् २०२४ को मे मा करिश्मा र सलोन आमा–बुबा बन्ने छन्। विवाह गर्नुअघि यो जोडी करिब तीन वर्ष प्रेम सम्बन्धमा समेत थिए।

गत भदौमा प्रदर्शनमा आएको फिल्म ‘जय हो’ पछि सलोन फुर्सदमा छन्। उनले अर्को फिल्मको छायांकन गरेका छैनन्। सहायक चरित्रमा उनको राम्रो डिमान्ड छ नेपाली सिने क्षेत्रमा। बाल्यकालदेखि नै अभिनयमा सक्रिय रहेका उनले तीन दर्जनभन्दा फिल्ममा काम गरिसकेका छन्। अब उनले नयाँ ढंगले करिअर अगाडि बढाउन खोजिरहेको बताइन्छ। यसैले उनी अब हतारमा फिल्म गर्ने सोचमा छैनन्।



