Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारसमुदायमै आँखा स्वास्थ्य सेवा: सिन्धुलीको गोलन्जोरमा भिजन सेन्टरको स्थापना

समुदायमै आँखा स्वास्थ्य सेवा: सिन्धुलीको गोलन्जोरमा भिजन सेन्टरको स्थापना

काठमाडौं, १ मंसिर। द रोटरी क्लब फाउन्डेसनको स्वास्थ्य कार्यक्रमअन्तर्गत आँखा स्वास्थ्य सेवालाई समेत अगाडि बढाइएको छ।

समुदायमा सन्चालन गरिने विभिन्न स्वास्थ्य गतिविधिहरूका साथै क्लबले आँखा स्वास्थ्य सेवालाई समेत समुदाय स्तरसम्म पहुच बढाई समुदायमा देखिने अन्धोपनलाई न्यूनीकरण गर्नका लागि सहयोग पुर्याउन स्थानीय निकाय तथा अन्य विभिन्न साझेदारी संघ संस्थाहरूसँग हातेमालो गर्दै आँखा स्वास्थ्य सेवा अभियान थालेको छ।

शहरमा मात्र केन्द्रित आँखा सेवा कार्यक्रमलाई समुदाय स्तरमै उपलब्ध गराउने उदेश्यका साथ अघि बढेको रोटरी क्लब अफ रुद्रमती काठमाडौँको विशेष योजनाका साथ सिन्धुली जिल्लाको गोलन्जोर गाउपालिकासङ्ग सहाकार्य गरि यही मिति २०८० कार्तिक २० गते देखि २४ गतेसम्म गोलन्जोर गाउपालिकामा नेपालमै पहिलो चोटी सबै वडाहरूमा कार्यरत स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ स्वयंसेविकाहरूमा लागि दुई छुट्टाछुट्टै आधारभुत आँखा स्वास्थ तालिम संचालन गरेको हो । तालिमको साथै स्थानीय रुपमा सेवालाई निरन्तर तथा दिगो राख्न गाउपालिकाको वडा नम्बर ३ अवस्थित ग्वाल्टार स्वास्थ चौकिमा आवश्यक आँखा परीक्षणका उपकरणसहित भिजन सेन्टरको समेत स्थापना गरिएको छ।

उक्त भिजन सेन्टर गाउँपालिकाका अध्यक्ष शङ्कर राज बराल, उपाध्यक्ष श्री पुकार न्यौपानेको अगुवाई तथा विश्व रोटरी फाउन्डेसनका Cadre Advisor सुदिप कोइरालाको विशेष समन्वय र प्रमुख भुमिका, गाउपालिकाकै वडा नम्बर ३ का वडाध्य्क्ष श्री के.पी. पोख्रेल लगायत अन्य वडाका वडाध्यक्षहरू लगायत नेपाल रेड्क्रस उपशाखा सभापति श्री गौरव कार्की समेतको समन्वयमा स्थापना गरिएको हो।

भिजन सेन्टरको उद्घाटन रोटरी क्लब नेपाल भुटानका डिस्टृक गभर्नर श्री राजेन्द्र धोजुले रोटरी नेपाल भुटानका अन्य पदाधिकारीहरूको उपस्थितिमा गरेका हुन्। हेल्थ पोस्टमा स्थापित भिजन सेन्टरको संचालन सहित प्रत्येक वडाहरूमा सन्चालन हुने आँखा उपचार सेवा प्रभावकारी ढंगले सुचारु गर्नका लागि प्रशिक्षार्थीहरूका लागि संचालन गरिएको उक्त तालिममा सैद्धान्तिक सहित व्यावहारिक ज्ञानका लागि नि:शूल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको हो। सो शिविरमा १२५३ जना बिरामीहरूलाई आँखा जाँच सहित नि:शूल्क औषधी प्रदान गरिएको हो भने ५७५ जनालाइ नि:शूल्क चस्मा उपलब्ध गराइएको थियो।

५ दिन सम्म चलेको सो तालिममा विभिन्न स्वास्थ चौकीका प्रमुख, स्वास्थ्यकर्मी गरि २४ जना र १४ जना सामुदायिक महिला स्वास्थ स्वयंसेविका गरि ३८ जनाको उपस्थिति रहेको हो। नेपालमा पहिलो पटक महिला स्वास्थ स्वयसेविकाहरूलाई आँखा जाँच तालिम, भिजन किट्स सहित गाँउ गाँउमा परिचालन गरिएको हो । यो अन्य क्षेत्रका तुलनामा नयाँ अभियान रहेको रोटरी फाउन्डेसन नेपाल भुटानका प्रमुख कुमुद त्रिपाठीले बताए।

सामुदायिक आँखा स्वास्थ्य विज्ञ राम के.सी. र दृष्टि विशेषज्ञ अश्मिता मादेनले उक्त तालिम तथा भिजन सेन्टर संचालनसम्बन्धि ज्ञान उपलब्ध गराएका थिए । तालिम र सेन्टरको सेवा समुदाय स्तरमा अति आवश्यक रहेको र यस्तो कार्यक्रम अन्य गाउपालिका तथा जिल्लाहरूमा पनि सन्चालन गर्न सके समुदाय स्तरमा देखिने अन्धोपनलाई सजिलै न्यूनीकरण गर्न सकिने कुरा तालिमका मुख्य प्रशिक्षक राम के. सी. ले बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको