Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारपरदेशी २ : मोफसलका हलमा पुग्दै प्रकाश, केकी र वर्षा

परदेशी २ : मोफसलका हलमा पुग्दै प्रकाश, केकी र वर्षा

बडादशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’लाई दर्शकले रुचाइरहेका छन् । काठमाडौं उपत्यकासहित देशभरका हलमा चलचित्र हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । आइतवार पनि धेरै हल भरिभराउ भएका थिए । प्रदर्शनकै दिनदेखि निर्माण टिमले काठमाडौं उपत्यकाका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया समेत लिइरहेको छ । चलचित्र हेरिसकेका दर्शकले पनि यसलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । आजको नेपाली समाजको प्रतिनिधि कथामा बनेको चलचित्र भन्दै हलबाट निस्किँदै गरेका अधिकांश दर्शकका आँखा रसाएको देखिन्थे । त्यसक्रममा कतिपय दर्शकहरू कलाकारहरूको अंगालोमा रोएको भिडियो समेत सामाजिक सञ्जालमा छाइरहेका छन् ।

दर्शकहरूले निर्माण टिमलाई अहिलेको समयको वास्तविक कथालाई उतारेकोमा बधाई र धन्यवाद दिँदै हलबाट निस्किरहेका छन् ।

काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएपछि कलाकारहरू अब भने मोफसल यात्रामा निस्किने भएका छन् ।

अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी पश्चिमका ठूला सहरका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया लिने भएका हुन् ।

उनीहरूले दर्शकलाई भेट्ने, हलमा संगै बसेर चलचित्र हेर्नुका साथै चलचित्रलाई साथ दिएकोमा प्रत्यक्ष धन्यवाद समेत दिनेछन् । मोफसलका दर्शक भेट्नका लागि कलाकारहरू उत्साहित देखिएका छन् ।

आइतवार बेलुका भिडियो सन्देश सार्वजनिक गर्दै कलाकारहरूले देशभरबाट पाएको उत्साहजनक साथका लागि दर्शकप्रति आभार समेत प्रकट गरेका छन् ।

प्रकाश, केकी र वर्षा सोमवार चितवनका हलमा पुग्दैछन् । त्यहाँका दर्शक भेटेर प्रतिक्रिया लिनुका साथै उनीहरूलाई धन्यवाद दिएपछि कलाकारहरू बुटवलका हलमा पुग्नेछन् । त्यसपछि नेपालगञ्ज र पोखराका हलमा पुगेर कलाकारहरू काठमाडौं फर्किनेछन् ।

दर्शकबाट ‘परदेशी २’ले सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । हरेक उमेर समूहका दर्शकलाई चलचित्रले हलसम्म तान्न सफल भएकोमा निर्माण टिम खुशी देखिएको छ । नारायण रायमाझीको निर्देशन रहेको ‘परदेशी २’को कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् ।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई चलचित्रमा देखाइएको छ । विदेशमा रहँदा एकातर्फ देशको सम्झनाले सताउने, अर्कोतर्फ सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडाको समसामयिक कथालाई चलचित्रमा मर्मस्पर्शी तरिकाले सरल रुपमा प्रस्तुत गरिएको छ ।

यस चलचित्रका निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका थिए । ‘परदेशी’ प्रदर्शनमा आएको ८ वर्षपछि रायमाझीले यसको दोस्रो श्रृंखला ल्याएका हुन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको