Saturday, September 23, 2023
spot_img
Homeराजनीतिदेशको रुपान्तरणका लागि पहिले माओवादी रुपान्तरण गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

देशको रुपान्तरणका लागि पहिले माओवादी रुपान्तरण गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १२ भदौ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी परिवर्तन गरेर मात्रै प्रदेशको रुपान्तरणको आधार तयार हुन सक्ने बताएका छन्।

नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष प्रदेश समितिले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी रुपान्तरण अनिवार्य शर्त भएको बताए।

उनले भने, “देश रुपान्तरणको नयाँ सङ्कल्पसहितको अभियान थालिएको छ, यसलाई थप तीव्रता दिँदै अगाडि बढ्छौँ। त्यसका लागि नेकपा (माओवादी केन्द्र) रुपान्तरण अनिवार्य छ।”

सरकारले सुशासनको अभियानलाई दृढ संकल्पका साथ अगाडि बढाएको र अभियान नरोकिने अध्यक्ष दाहालले बताएका।

“नक्कली भुटानी शरणार्थी घोटाला, सुन तस्करी र भ्रष्टाचार जस्ता गैरकानूनी र आपराधिक गतिविधिमा संलग्न सबैलाई सरकारले कारबाही गर्छ। यो अभियान रोकिने छैन, हामी दृढ संकल्पका साथ अगाडि बढ्छौं,” माओवादी केन्द्रका अध्यक्षले भने।

उनले देशको समृद्धिका लागि गुणात्मक विकास आवश्यक रहेको भन्दै विकासको मोडल परिवर्तन गर्नुपर्नेमा जोड दिए।

परम्परागत विकासको मोडलले समृद्धिलाई अगाडि बढाउन सक्दैन, यसमा गुणात्मक रुपान्तरणको खाँचो छ, असफल विकास मोडललाई सधैं साथमा लिएर जान सक्दैनौं। आगामी बजेटसम्ममा नयाँ आर्थिक नीति र योजनाका साथ अगाडि बढ्छौँ, उनले भने।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले सरकारले देश र जनताको हितमा विभिन्न कदम चालेको र त्यसको लाभ चाँडै जनताले पाउने बताए।

‘वर्तमान सरकारले कूटनीतिमा कति सफलता हासिल गरेको छ, त्यसबाट केही वर्ग चिन्तित छन्। १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारसम्बन्धी सम्झौता कुनै सानो कुरा होइन, जनतालाई यी उपलब्धि बुझाऔँ,’ उनले थपे।

उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुनले सरकार र पार्टीका कामलाई व्यवस्थित गर्दै पार्टी रुपान्तरणको काममा अगाडी बढ्नु अहिलेको आवश्यकता भएको बताए।

पार्टीभित्र मतभेद र आलोचना हुन सक्ने भए पनि त्यसलाई ‘समूहवादको राजनीति’ गर्नु नहुने बताउँदै उनले समूहवादमा संलग्नलाई अनुशासनात्मक कारबाही गर्ने चेतावनी दिए। ‘अब पार्टीले पार्टी र संगठनको रुपमा संगठनको रुपमा काम गर्ने छ’ उनले दोहोर्याए। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको