Tuesday, September 26, 2023
spot_img
Homeसमाचारसिंहदरबारमा तीन राजनीतिक दलको बैठक

सिंहदरबारमा तीन राजनीतिक दलको बैठक

काठमाडौं, २२ साउन। प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज सिंहदरबारमा बसेको छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठकमा संसदको गतिरोध हटाउनदेखि संसदीय समितिका अध्यक्ष नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको थियो।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका प्रमुख सचेतक हितराज पाण्डे, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएको एक सय किलो सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको