काठमाडौं, १८ साउन। काठमाडौं महानगरपालिकाले आगामी साउन २१ गतेदेखि नौ वडालाई लक्षित गरी पुनः एक पटक कोभिड–१९ खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
काठमाडौं महानगरपालिका कार्यालय स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले १२ वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियानको उद्देश्य रहेको बताए। यहाँका कतिपय नागरिकले कोभिड–१९ को खोपको एक डोजसमेत नपाएको पाईएपछि स्थानीय सरकारले सरुवा रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। साउन २१ र २२ गते वडा नं ६, ११, १४, १७ र ३१ र भदौ २३ र २४ गते वडा नं १२, १५, १९ र ३२ मा आयोजना हुनेछ।
काठमाडौंमा ९० प्रतिशत नागरिकले खोपको पहिलो डोज लिएका छन् भने ८८ प्रतिशतले दोस्रो डोज, ४३ प्रतिशतले तेस्रो डोज खोप लगाएका छन् र ६ प्रतिशतले मात्रै चौथो डोज लिएका छन्,’ काठमाडौं महानगरपालिका खोप शाखा प्रमुख डा. डा अभियन गौतमले बताए । (रासस)