काठमाडौं २५ असार। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले र्याप गायक यमवुद्धको सालिक आफ्नै तलबको रकमबाट बनाउने भनेका छन्। शनिबार दिउँसो मेयर बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु भनि पोस्ट गरेका थिए।
यसअघि उनले सालिक बनाउन लाग्ने १५ लाख रुपैयाँ रकम महानगरकै बजेटबाट छुट्याएका थिए।
काठमाडौं महानगरपालिकाको बजेटबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेपछि मेयर बालेन शाह विवादमा परेका हुन्। उनले घोषणा गरेसँगै मेयर शाहको सर्वत्र विरोध भइरहेको थियो। महानगरबासीको भन्दा आफ्नो व्यक्तिगत चाहनाको लागि चाहिने रकम बजेटमा राखिएको भनि मेयर बालेनको आलोचकहरूले विरोध गरका थिए।