काठमाडौं, ३१ असार। राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्र प्रमुखले आज विनियोजन विधेयक, २०८०; वित्त विधेयक, २०८०; र राष्ट्रिय ऋण उठाउने विधेयक, २०८० लाई स्वीकृति दिनुभयो।
नेपालको संविधानको धारा ११३ को उपधारा १ बमोजिम संघीय संसदबाट पारित भएका यी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिईन्। (रासस)