काठमाडौं, ३ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोमा बेपत्ताको खोजीमा सक्रियताका साथ काम गर्न र पूर्वी पहाडी जिल्लाका प्रभावित समुदायको उद्धार तथा राहत कार्य गर्न अधिकारी र निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले बाढीपीडित समुदायको उद्धारका लागि नागरिक, सुरक्षा निकाय र सरकारी कर्मचारीलाई एकजुट हुन अपिल गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले मानवीय ज्यान र धनमालको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी संखुवासभा र पाँचथर जिल्लामा कैयौं बेपत्ता भएका छन्। (रासस)