Tuesday, September 26, 2023
spot_img
Homeसमाचाररोटरी क्लब अफ रुद्रमतीद्वारा कोल्ड स्टोरेज हस्तान्तरण

रोटरी क्लब अफ रुद्रमतीद्वारा कोल्ड स्टोरेज हस्तान्तरण

काठमाडौं, ३ असार। रोटरी क्लब अफ रुद्रमती काठमाडौंले कोल्ड स्टोरेज हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

रोटरी क्लब अफ रुद्रमती काठमाडौंले शनिबार सिन्धुपाल्चोकस्थित साँगाचोक गढी नगरपालिका, वडा नं १०, सुकुटेमा कोल्ड स्टोरेज हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

रोटरी क्लब अफ रुद्रमती काठमाडौंको आयोजना र रोटरी क्लब अफ डेन्भर माइल हाइ लगायतका अन्य इन्टरनेशनल रोटरी क्लबहरूको सहयोगमा ग्लोबल ग्रान्ट (२०१०८५६) अन्तर्गत पर्ने कोल्ड स्टोरेज कार्यक्रम सुकुटेमा सम्पन्न भएको हो ।
हस्तान्तरण गरिएको कोल्ड स्टोरेजको क्षमतानुसार एकपटकमा पन्ध्र मेटि्रक टन स्टोर गर्न सकिनेछ । उक्त कोल्ड स्टोरेज तीनवटा कोठामा आवश्यकतानुसारको तापक्रम मिलाएर राखिरएको हो ।

उक्त हस्तान्तरण कार्यक्रम क्लबका अध्यक्ष रोटारियन किशोर त्रिपाठीद्वारा रिबन काटेर सुरुवात गरिएको हो । कोल्ड स्टोरमा अब उत्पादन हुने तरकारी तथा फलफूलहरू स्टोर गर्न सकिने र यसले गर्दा समुदायमा धेरै ठूलो सहयोग पुग्ने कार्यक्रम सन्चालक विनोद नेपालले बताए ।

आगामी दिनमा उत्पादित तरकारी तथा फलफूल स्टोरको अभावमा खेर नजाने र मूल्य अस्थिरताको समस्या नहुने बताउँदै नेपालले आगामी दिनमा यस्तै संस्थाहरूबाट अन्य सहयोगको समेत अपेक्षा राखेको बताए ।

विनोद नेपालको स्वागत मन्तव्य तथा सन्चालनमा रहेको उक्त कार्यक्रम सभाध्यक्ष गोविन्द कटेलको धन्यवाद ज्ञापनसँगै करिब पचास जनाको उपस्थितिमा समापन भएको हो ।

रोटरी क्लब एक विशुद्ध सामाजिक संस्था हो । यसले स्थापना कालदेखी नै समाजलाई टेवा पुग्ने विभिन्न सहयोगका कार्यक्रमहरू गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको