Saturday, September 23, 2023
spot_img
Homeसमाचारअन्तर-राज्य विद्युतीय भुक्तानी सम्बन्धी सम्झौतामा हस्ताक्षर

अन्तर-राज्य विद्युतीय भुक्तानी सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं, १८ जेठ। नेपाल र भारतबीच अन्तरराज्यीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीमा नेपाल क्लियरिङ हाउस र भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधान र नेसनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया केन्द्रीय बैंक द्वारा स्थापित संस्था हो।

सम्झौतापछि भारतमा अध्ययन र उपचारका लागि आउनेलाई सहज हुनेछ। सम्झौताले सहज कारोबार र भुक्तानीका लागि मार्ग प्रशस्त गरेको छ।

सीईओ प्रधानले विद्युतीय भुक्तानीलाई सहज बनाउन महत्वपूर्ण सम्झौता भएको बताए। यसबाट नेपाल र भारतका नागरिक लाभान्वित हुने उनले बताए। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको