Tuesday, May 30, 2023
spot_img
Homeसमाचारमाथिल्लो सदनद्वारा सरकाको नीति तथा कार्यक्रम पारित

माथिल्लो सदनद्वारा सरकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं, ९ जेठ। राष्ट्रियसभाले आगामी आर्थिक वर्ष २०२३-२४ का लागि सरकारको नीति तथा कार्यक्रम आज पारित गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ६ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीय संसदको माथिल्लो सदन बैठकले बहुमतले स्वीकृत गरेको छ।

तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा विमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

अनुमोदन हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको