Thursday, April 18, 2024
spot_img
Homeसमाचारउपत्यकामा बैंकिङ ठगी र वित्तीय अपराधका ५ हजारभन्दा बढी मुद्दा दर्ता

उपत्यकामा बैंकिङ ठगी र वित्तीय अपराधका ५ हजारभन्दा बढी मुद्दा दर्ता

काठमाडौं, ९ जेठ। काठमाडौं उपत्यकामा बैंकिङ ठगी र वित्तीय अपराधका ५ हजार ३ सय १२ उजुरी परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकामा बेकिंग ठगी र आर्थिक अपराधका सबैभन्दा बढी मुद्दा दर्ता भएका छन्।

परिक्षेत्रका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकामा दर्ता भएका ९ हजार २ सय ५६ मुद्दामध्ये आधाभन्दा बढी बैंकिङ ठगी र वित्तीय अपराधका छन्।

पछिल्लो समय बैंकिङ ठगी र वित्तीय अपराधका अधिकांश मुद्दा चेक बाउन्स, डलर साट्ने र चिठ्ठासँग सम्बन्धित रहेको उनले बताए।

परिक्षेत्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौं उपत्यकामा बेकिंग ठगी र संगठित तथा आर्थिक अपराधका घटना बढ्दै गएको भन्दै दायरामा दैनिक ३५–४० उजुरी दर्ता हुने गरेको बताए। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको