काठमाडौं, ३ जेठ। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ।
नेपाल आयल निगमले हिजो डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएपछि यातायात विभागले यात्रु तथा मालबाहक सवारी साधनको भाडा घटाएको हो।
घटाएको भाडा आजदेखि लागू हुने भएको छ।
सार्वजनिक सवारी साधनको भाडा ३ दशमलव २० प्रतिशत, पहाडी सडकमा सञ्चालित मालबाहक सवारी साधनको भाडा ४ दशमलव १९ प्रतिशत र तराई सडकमा सञ्चालित मालबाहक सवारी साधनको भाडा ४ दशमलव ६५ प्रतिशतले घटेको विभागको विज्ञप्तिमा उल्लेख छ।