Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeनिर्वाचनउपनिर्वाचनको तयारी पूरा: निर्वाचन आयोग

उपनिर्वाचनको तयारी पूरा: निर्वाचन आयोग

काठमाडौं, ९ वैशाख। आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।

निर्वाचन आयोगले भोलि बारा–२, चितवन–१ र तनहुँ–१ मा हुने उपनिर्वाचनमा मताधिकार प्रयोग गर्न सबै मतदातालाई अपिल पनि गरेको छ।

तोकिएको मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। आयोगले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न विशेष पहल गरेको जनाएको छ।

मौन अवधि निर्वाचनको समयभन्दा ४८ घण्टा अगाडि नै सुरु भइसकेको छ। मौन अवधिमा राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न पाइने छैन।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले निर्वाचन अनुगमन समिति, विशेष अनुगमन समिति र अनुगमन अधिकृत खटाएको छ।

मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन गरिरहेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

निर्वाचनको दिन सम्बन्धित जिल्लामा आवतजावत र सवारी साधन सञ्चालन स्थानीय प्रशासनले तोकेबमोजिम हुने आयोगको निर्देशन छ।

मतदानको समयमा सम्भावित प्रतिकूल मौसमको पूर्वतयारीका लागि पाललगायत व्यवस्था गर्न स्थानीय प्रशासन र स्थानीय तहलाई आवश्यक निर्देशन दिइएको छ।

निर्वाचन प्रक्रियालाई बिथोल्ने काममा संलग्नलाई कानूनबमोजिम कारबाही गर्न र निर्वाध रुपमा निर्वाचन सम्पन्न गर्न आयोगले यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

उपनिर्वाचन सफल बनाउन राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, सञ्चारमाध्यमलगायत सरोकारवाला सबैले सहयोग र सहभागिता जनाउने विश्वास आयोगले व्यक्त गरेको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको