Tuesday, May 30, 2023
spot_img
Homeकाठमाडौँमातातीर्थ औँसीको दिन मातातीर्थ कुण्डमा भक्तजनको भीड

मातातीर्थ औँसीको दिन मातातीर्थ कुण्डमा भक्तजनको भीड

काठमाडौं, ७ वैशाख। मातातीर्थ औँसीको अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा भक्तजनको भीड लागेको छ। सो अवसरमा पोखरीमा पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ।

मातातीर्थ औँसी वा मातृ दिवस प्रत्येक वर्ष चन्द्र क्यालेन्डर अनुसार वैशाख महिनाको नयाँ चन्द्रमामा पर्छ।

यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ। यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ। आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान र आदरका साथ आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ।

धार्मिक मान्यता अनुसार शुद्ध हृदय र गहिरो भक्तिले आमाको कल्पना गरे पोखरीमा आफ्नी दिवंगत आमाको अनुहार देख्न सकिन्छ।

मानिसहरू आफ्ना आमाहरूलाई खुसी बनाउन मिठाई, लुगा र उपहार लिएर भेटछन् उनीहरूबाट आशीर्वाद लिन्छन्। आमा गुमाएकाहरु मातातीर्थमा पुगेर श्रद्धाञ्जली अर्पण गर्छन्।

यसैबीच, चन्द्रागिरि नगरपालिकाले आज नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको छ। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको