Sunday, December 10, 2023
spot_img
Homeविजनेसमार्चमा झण्डै एक लाख विदेशी पर्यटक नेपाल आए

मार्चमा झण्डै एक लाख विदेशी पर्यटक नेपाल आए

काठमाडौं, १९ चैत। यस वर्षको मार्चमा झण्डै एक लाख पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार एक महिनामा ९९ हजार ४२६ पर्यटक नेपाल भित्रिएका र त्यसमध्ये ३३ हजार ४ सय ५४ दक्षिण एसियाली राष्ट्र(सार्क)का थिए। अन्य एसियाली राष्ट्रबाट ५ हजार ६४३, युरोप बाट २३ हजार २६५ थिए र ओशिनिया क्षेत्रका देशहरूबाट ३ हजार ९ सय ५८ थिए।

त्यसैगरी क्यानडाबाट १ हजार ७ सय ७, संयुक्त राज्य अमेरिकाबाट ९ हजार ५ सय ५७ र मध्यपूर्व राष्ट्रबाट १० हजार ३ सय ७५ जना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

सबैभन्दा बढी भारतबाट २५ हजार ९ सय ११ पर्यटक आएका थिए जुन सन् २०२२ को सोही अवधिमा यो संख्या १५ हजार १३ थियो।

त्यस्तै मार्चमा अमेरिकाबाट आउने पर्यटक गत वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर थिए। सन् २०२२ मा अमेरिकाबाट ४ हजार ८९६ पर्यटकले भ्रमण गरेका थिए। उच्च पर्यटक प्रवाह भारत, अमेरिका, बेलायत, जर्मनी र श्रीलंकाबाट थियो। कोभिड–१९ महामारीपछि नेपालको पर्यटन उद्योग पुन:प्राप्तिको बाटोमा रहेको तथ्यांकले देखाएको छ। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको