काठमाडौं, १९ चैत। आगामी वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता भोलि चैत २० गते हुँदैछ।
चितवन निर्वाचन क्षेत्र नं २, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।
मंसिर ४ गते प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्चको फैसलासँगै पदमुक्त भएपछि चितवन–२ मा उपनिर्वाचन आवश्यक भएको छ भने तनहुँ–१ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा नियुक्ति भएपछी र उपराष्ट्रपतिमा रामसहयप्रसाद यादवको नियुक्तिसँगै बारा–२ मा उपनिर्वाचन आवश्यक भएको हो।
उपनिर्वाचनलाई मध्यनजर गर्दै शनिबार प्रमुख निर्वाचन आयुक्तको कार्यालय स्थापना गरिएको हो।