Saturday, September 23, 2023
spot_img
Homeमनोरन्जनफिल्मी समाचारसिनेमा ‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक

सिनेमा ‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक

काठमाडौं, १६ फागुन। बहुप्रतिक्षित सिनेमा ‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ।

हिप-हप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ। गीतको भिडियोमा कलाकारहरुको मस्ती मूड, द्वन्द्व र केहि संवादसहितका दृश्य समेटिएको छ।

निगम श्रेष्ठको लेखन र निर्माण रहेको सिनेमाले देशको प्राकृतिक स्रोत हत्त्याउन संघर्षरत तीन ग्याङको कथा भन्छ। रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबीचको लडाइँमा सुपरस्टार अनमोल केसीले ग्रीन ग्याङको प्रतिनिधित्व गर्छन। उनि सिनेमामा मेनडगको भूमिकामा छन्।

१० वर्ष अगाडीको चर्चित सिनेमा ‘छड्के’को सिरिज र अनमोलको अभिनय भएकाले यो सिनेमा दर्शक माँझ प्रतिक्षित छ। सिनेमाले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने आशा गरिएको छ। सिनेमा फागुन १९ देखि अलनेपाल प्रदर्शनमा आउदैछ।

ट्रेलर र टिजरले सिनेमाको हाइप निर्माण गरेका छन्। अहिलेसम्म ट्रेलर र टिजरलाई १९/१९ लाख पटक हेरिएको छ।

सिनेमामा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय छ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधाको व्यानरमा निर्मित सिनेमाको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्। कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको