Monday, December 11, 2023
spot_img
Homeसमाचारबडादशैंको सातौं दिन आज फूलपाती मनाइँदै

बडादशैंको सातौं दिन आज फूलपाती मनाइँदै

काठमाडौं, ४ कार्तिक। आज नवरात्रिको सातौं दिन, फूलपाती। १० दिने दशैंको सातौं दिन आज आइतवार देशभर फुलपाती पर्व मनाइएको छ।

काठमाडौंको हनुमानढोका स्थित दशैघरमा शुभ मानिने विभिन्न बोटबिरुवाका फूल, पात र फलफूलको वर्गीकरण फूलपातीलाई अभिषेक गरिन्छ। यस अवसरमा देशैभर परम्पराअनुसार दुर्गा मातालाई फूलपाती चढाउने गरिन्छ।

हनुमानढोका दरबारस्थित दशैघरमा अभिषेक गर्न वैदिक विधिअनुसार फूलपाती काठमाडौं ल्याइन्छ।

राजतन्त्रमा राज्य प्रमुखका रूपमा राजा दशैँघरमा फुलपातीमा जान्थे, तर गणतन्त्र स्थापनासँगै संस्कृतिमन्त्री उपस्थित हुने गरेको दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ।

घटस्थापनाबाट दशैं पर्व सुरु भए पनि फूलपातीको दिनदेखि नै दशैं पर्वको विशेष रमाइलो हुने गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको