काठमाडौं, १० फागुन। फिल्म ‘बिहे पास’ को टिजर बुधबार सार्वजनीक गरिएको छ । टिजरमा अभिनेता दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठलाई पति पत्नीको रुपमा देखाइएको छ । जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरिमेटेको कुरा बुझीन्छ ।
टिजरमा आम नेपालीको चासो र चाहनाको बिषय समेटिएकाले पनि दर्शकले यो फिल्मप्रति निकै आश राखेको पाइन्छ । प्रबेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।
रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्मलाई निर्माण पक्षले नयाँ बर्ष २०८० को दर्शकलाई उपहार स्वरुप बैशाख १ गते प्रदर्शन गर्न लागेको बताउदै आएको छ ।