काठमाडौं, १६ माघ। ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्सीमा सवार सरोज विक र कारमा सवार धनबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी विपरित दिशाबाट आउँदै गरेको बा ४ च १ नम्बरको कार संग ठोक्किँन पुगेको हो।
दुर्घटनामा दुवै गाडीमा सवार छ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले जानकारी दिए। उनीहरुको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ।