Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeखेलकुदक्रिकेटक्यान नेतृत्वको राजीनामा माग्दै बोर्ड सदस्यहरु

क्यान नेतृत्वको राजीनामा माग्दै बोर्ड सदस्यहरु

काठमाडौं, १६ माघ। नेपाल क्रिकेट संघ (क्यान) का सात सदस्यीय कार्यसमिति सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा र कार्यसमिति विघटन गर्न माग गरेका छन्।

क्यानका कार्यकारी समिति सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतारा क्षेत्री, अमित वीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले नेपाल टी–२० क्रिकेट लिगलगायतका विषयमा नेतृत्वले अनियमितता गरेको आरोप लगाएका छन्। ‘यस्तो गम्भीर गल्ती गरेपछि माफी मागेर पदमा बस्न मिल्दैन,’ उनीहरुले भने।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको देशकै पहिलो आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा राष्ट्रिय क्रिकेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक साथीसँग म्याच फिक्सिङको योजना बनाएको खुलासा भएपछि विवाद चुलिएको थियो।

आरोप लागेपछि गृह मन्त्रालयले नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङको छानबिन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको थियो।

काउन्सिलले जारी गरेको विज्ञप्तिमा कार्यकारी सदस्य अकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा गठित छानबिन टोलीले विदेशी खेलाडीको श्रम स्वीकृति र क्यानले गरेको अन्य कथित गल्तीको तथ्य पत्ता लगाउने जनाएको थियो। काउन्सिलले छानबिन टोलीलाई सत्यतथ्य पत्ता लगाउन १५ दिनको समय दिएको थियो।

लगत्तै आइसिसी इन्टिग्रिटी युनिटका वरिष्ठ सदस्य एन्ड्रयु इफ्ग्रेभको नेतृत्वमा रहेको टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको भ्रमण गरी जारी खेलको अवलोकन गर्दै अवस्थाको जानकारी लिएका थिए।

केन्द्रीय अनुसन्धान ब्युरोले कुल १० व्यक्तिहरू – खेलाडी, व्यवस्थापक र अधिकारीहरू स्पट फिक्सिङमा संलग्न रहेको दाबी गरेको छ र राष्ट्रिय टोलीका अलराउन्डर आदिल अन्सारी र नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी महबूब आलमलाई यसअघि नै पक्राउ गरिसकेको छ।

लगत्तै १३ माघमा सेभेन थ्री स्पोर्ट्सले विवादित नेपाल टी–२० क्रिकेट लिगमा भएको सबै अनियमितताका लागि नेपाल क्रिकेट संघलाई दोष लगाएको केही घण्टापछि नेपाल क्रिकेट संघका पदाधिकारीहरूले आफ्नो पक्षमा बहाना निकालेका थिए।

यसैबीच, सेभेन थ्री स्पोर्ट्सले केन्द्रीय अनुसन्धान ब्युरोका सबै दावीहरूलाई खण्डन गरेको छ। “सेभेन थ्री स्पोर्ट्स द्वारा म्याच फिक्सिङको सबै आरोपहरू पूर्णतया आधारहीन र मनगढन्ते भएको बताएको छ। सेभेन थ्री स्पोर्ट्सले त्यस्ता सबै दावीहरूलाई कडा रूपमा अस्वीकार गर्दै आएको छ। यी अप्रमाणित र कुनै प्रमाण बिना गलत जानकारी सामग्री हुन्,” सेभेन थ्री स्पोर्ट्सले एक विज्ञप्तिमा भनेको छ। सेभेन थ्री स्पोर्ट्सले प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी क्यान रहेको बताएको छ, “भूमिकाको परिभाषा स्पष्ट छ – सेभेन थ्री स्पोर्ट्स व्यावसायिक साझेदारको रूपमा छ भने लिग क्यानको स्वामित्वमा रहेको छ।”

सेभेन थ्री स्पोर्ट्सले क्यानले आफ्ना पदाधिकारीहरुसँग मिलेर प्रतियोगिता आयोजना गरेको जनाएको छ। ‘क्यानले म्याच रेफ्री, अम्पायर, म्याच अफिसियल, स्कोरर, ग्राउन्ड्सम्यान, क्युरेटर, भ्रष्टाचार विरोधी अधिकृत र इन्टिग्रिटी अफिसरसहित खेलको सञ्चालन र व्यवस्थापनको जिम्मा लिने प्रतियोगिता निर्देशक र प्राविधिक प्रमुखलाई नियुक्त गरेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको