Tuesday, September 26, 2023
spot_img
Homeकाठमाडौँनक्कली मदिरा बनाउने कारखानामा छापा मार्दा अविश्वसनीय खुलासा

नक्कली मदिरा बनाउने कारखानामा छापा मार्दा अविश्वसनीय खुलासा

काठमाडौं, १५ माघ। प्रहरीले अवैध रुपमा मदिरा उत्पादन गरी विभिन्न ब्राण्डको मदिराको लेबल लगाई बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिकाको कुपण्डोल प्रहरी चौकीबाट मदिरा पसल अनुगमनका लागि खटिएको प्रहरी टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकाका स्थायी निवासी निरज उप्रेती, स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–९ का स्थायी निवासी धर्मी गौडेल र सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–२ का गणेशबहादुर रानामगरु रहेका छन्।

लामो अनुसन्धानपछि नक्कली मदिरा उत्पादन र कालोबजारी गर्ने समूहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

ललितपुर महानगरपालिका–१३ कुपण्डोल बाट निरज उप्रेतीद्वारा सञ्चालित नेक्स्ट टेस्ट मदिरा पसलमा प्रहरी छापा मार्दा नक्कली खुकुरी रम फेला परेको हो। अनुसन्धानपछि प्रहरीले नक्कली मदिरा उत्पादन र कालोबजारीमा संलग्न समूह फेला पारेको थियो।

त्यस्तै, ललितपुरको माललक्ष्मी नगरपालिका–५ टिकथलीबाट प्रहरीले ब्राण्डेड मदिराको नक्कली उत्पादनमा प्रयोग हुने रसायन, खाली बोतल, राजस्व स्टिकर, लेबलिङ र प्याकेजिङका लागि प्रयोग हुने मेसिन बरामद गरेको छ।

त्यस्तै प्रहरीले एस.टी. धर्मी गौडेलले सञ्चालित मदिरा पसल नक्कली खुकुरी रम र रुस्लान भोड्का उत्पादनमा संलग्न भएको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको