Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Monday, August 31, 2026
spot_img
Homeखेलकुदक्रिकेटसेभेन थ्री स्पोर्ट्स अनुबन्धमा कमजोरी भएको नेपाल क्रिकेट संघद्वारा स्वीकार

सेभेन थ्री स्पोर्ट्स अनुबन्धमा कमजोरी भएको नेपाल क्रिकेट संघद्वारा स्वीकार

काठमाडौं, १३ माघ। सेभेन थ्री स्पोर्ट्सले विवादित नेपाल टी–२० क्रिकेट लिगमा भएको सबै अनियमितताका लागि नेपाल क्रिकेट संघलाई दोष लगाएको केही घण्टापछि नेपाल क्रिकेट संघका पदाधिकारीहरूले आफ्नो पक्षमा बहाना निकालेका छन्।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई नेपालको टी–२० राइट्स हस्तान्तरण गर्नुमा आफ्नो संघको कमजोरी भएको स्वीकार गरेका छन्। “हामीले कम्पनीको बारेमा धेरै अध्ययन गरे पनि उनीहरूलाई राम्ररी पढ्न सकेनौं। नेपाल टी–२० को रणनीतिक र व्यावसायिक साझेदारको रूपमा सेभेन थ्री स्पोर्ट्समा संलग्न हुनु हाम्रो तर्फबाट गल्ती थियो,” चन्दले पत्रकार सम्मेलनमा भने।

नेपाल टी-२० को उद्घाटन संस्करण स्पट फिक्सिङलगायत अनियमितताको रिपोर्ट आएपछि सुरुदेखि नै आलोचनामा परेको थियो। राष्ट्रिय खेलकुद परिषद्द्वारा गठित छानबिन समितिले बुधबार राष्ट्रिय खेलकुद विकास ऐनमा उल्लिखित प्रक्रिया पूरा नगरेको भन्दै क्यानमाथि कडा कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस गरेको थियो भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्पट फिक्सिङको निष्कर्षमा दुईजना क्रिकेटरलाई पक्राउ गरिसकेको छ।

नेपाल प्रहरीको अनुसन्धानमा रहेको भन्दै स्पट फिक्सिङको आरोपबाट टाढा रहेका क्यानका अध्यक्ष चन्दले आफ्नो समिति विगतका गल्ती सच्याउदै अघि बढ्न चाहेको दाबी गरे। चन्दले भने, “क्यानको कार्यकारी समिति निलम्बन गर्नु समाधान होइन। हामीसँग अगाडी व्यस्त तालिका छ र हामी राष्ट्रिय टोलीको तयारीमा केन्द्रित हुन चाहन्छौं,” चन्दले भने। “हामी पक्कै पनि गल्ती सच्याएर सही बाटोमा अघि बढ्नेछौं।”

राष्ट्रिय खेलकुद परिषद्द्वारा गठित समितिले क्यानलाई एकदेखि तीन महिनाका लागि निलम्बन गर्न र स्पट फिक्सिङ प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोसँग समन्वय गर्नुका साथै सेभेन थ्री स्पोर्टससँगको नेपालको टी–२० सम्झौता अन्त्य गर्न र अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग समन्वय गर्न खेलकुद प्रशासनलाई सिफारिस गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले कुल १० व्यक्तिहरू – खेलाडी, व्यवस्थापक र अधिकारीहरू स्पट फिक्सिङमा संलग्न रहेको दाबी गरेको छ र राष्ट्रिय टोलीका अलराउन्डर आदिल अन्सारी र नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी महबूब आलमलाई यसअघि नै पक्राउ गरिसकेको छ।

यसैबीच, सेभेन थ्री स्पोर्ट्सले केन्द्रीय अनुसन्धान ब्युरोका सबै दावीहरूलाई खण्डन गरेको छ। “सेभेन थ्री स्पोर्ट्स द्वारा म्याच फिक्सिङको सबै आरोपहरू पूर्णतया आधारहीन र मनगढन्ते भएको बताएको छ। सेभेन थ्री स्पोर्ट्सले त्यस्ता सबै दावीहरूलाई कडा रूपमा अस्वीकार गर्दै आएको छ। यी अप्रमाणित र कुनै प्रमाण बिना गलत जानकारी सामग्री हुन्,” सेभेन थ्री स्पोर्ट्सले एक विज्ञप्तिमा भनेको छ। सेभेन थ्री स्पोर्ट्सले प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी क्यान रहेको बताएको छ, “भूमिकाको परिभाषा स्पष्ट छ – सेभेन थ्री स्पोर्ट्स व्यावसायिक साझेदारको रूपमा छ भने लिग क्यानको स्वामित्वमा रहेको छ।”

सेभेन थ्री स्पोर्ट्सले क्यानले आफ्ना पदाधिकारीहरुसँग मिलेर प्रतियोगिता आयोजना गरेको जनाएको छ। ‘क्यानले म्याच रेफ्री, अम्पायर, म्याच अफिसियल, स्कोरर, ग्राउन्ड्सम्यान, क्युरेटर, भ्रष्टाचार विरोधी अधिकृत र इन्टिग्रिटी अफिसरसहित खेलको सञ्चालन र व्यवस्थापनको जिम्मा लिने प्रतियोगिता निर्देशक र प्राविधिक प्रमुखलाई नियुक्त गरेको थियो।

सेभेन थ्री स्पोर्ट्सले खेलको पहिलो बल फ्याँकेलगत्तै आफ्नो काम सकिएको बताएको छ। (The Himalayan Times बाट अनुवादित)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको