Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिसहमतिबाटै राष्ट्रपति नेकपा–माओवादी

सहमतिबाटै राष्ट्रपति नेकपा–माओवादी

काठमाडौं, १३ माघ। सत्तारुढ नेकपा (माओवादी केन्द्र)को बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा आगामी राष्ट्रपतिको निर्वाचनबारे छलफल सुरु गरेको छ।

देश माओवादी केन्द्रको निर्णयको पर्खाइमा रहेकाले राष्ट्रपतिबारे छलफल सुरु भएको छ।माओवादी केन्द्रको भूमिका नयाँ राष्ट्रपति चयनमा महत्त्वपूर्ण हुनेछ।

माओवादी केन्द्रले पुष्पकमल दाहालको प्रधानमन्त्रीको उम्मेदवारलाई समर्थन गरेको बदलामा एमालेका उम्मेदवारलाई राष्ट्रपति दिने सहमति भएको बताइएता पनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसले आफूलाई विश्वासको मत दिएपछि राजनीतिक परिस्थिति बदलिएको भन्दै दाहालले यस्तो सहमतिलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएका छन्। दाहालले शीर्ष पदका लागि सर्वसम्मत उम्मेदवारलाई समर्थन गर्ने सङ्केत पनि गरेका छन्।

पुष २६ गते संसदमा भएको फ्लोर टेस्टका क्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुरानो पार्टीभित्रका असन्तुष्ट आवाजलाई बेवास्ता गर्दै दाहाललाई विश्वासको मत दिने निर्णय गरेका थिए।

कांग्रेसका दुई महामन्त्रि गगन थापा र विश्वप्रकाश शर्मा; उपाध्यक्ष धनराज गुरुङ; र वरिष्ठ नेता शेखर कोइरालालगायत अन्य प्रभावशाली नेताहरू सुरुमा देउवाको दाहाल सरकारलाई समर्थन गर्ने प्रस्तावको विपक्षमा थिए।

तर, देउवा निकटका नेताहरूले राष्ट्रपतिका लागि कांग्रेस उम्मेदवारलाई माओवादीको समर्थनको अपेक्षा राखेर दाहाल सरकारलाई समर्थन गरेको तर्क गर्छन्।

विश्वासको मतपछि दाहालले कांग्रेसको भोटको बदलामा सबैभन्दा ठूलो दलको आकांक्षालाई राष्ट्रप्रमुखको निर्वाचनमा समेट्न सक्दो प्रयास गर्ने बताएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबारदेखि सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठकले राष्ट्रपतिको निर्वाचनलाई मुख्य एजेण्डामा राखेर विभिन्न विषयमा छलफल सुरु गरेको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले कांग्रेस नेतृत्वको चुनावी गठबन्धन छोडेर एमालेसँग हात मिलाउने निर्णयको बचाउ गरेका छन्।

एमाले अध्यक्ष ओलीले प्रमुख दलका शीर्ष नेताहरुलाई राष्ट्रपतिमा एमालेको उम्मेदवारमा सहमति जुटाउनुपर्ने बताइसकेका छन्।

अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीसँगै सत्तारुढ गठबन्धनमा रहेका सबै दलसँग विशेषगरी कांग्रेसले सरकारलाई समर्थन गरेको बदलिएको सन्दर्भमा राष्ट्रपतिको निर्वाचनका लागि आफूले तीव्र रुपमा छलफल गरिरहेको स्थायी समितिलाई जानकारी दिनुभएको माओवादी नेताहरुले बताएका छन्।

बिहीबार ओली प्रधानमन्त्रीसँग राष्ट्रपतिको निर्वाचनलगायत विभिन्न विषयमा छलफल गर्न बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले भने, ‘राष्ट्रपतिलगायत संवैधानिक पदका लागि प्रधानमन्त्री राष्ट्रिय सहमति चाहन्छन्। तर उनी अहिलेको सत्तारुढ गठबन्धनप्रति प्रतिबद्ध छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको