Tuesday, September 26, 2023
spot_img
Homeसमाचारहोटल, रेष्टुरेन्टमा लाग्ने सेवा शुल्क सर्वोच्चले गर्यो खारेज

होटल, रेष्टुरेन्टमा लाग्ने सेवा शुल्क सर्वोच्चले गर्यो खारेज

काठमाडौं, १२ माघ। सर्वोच्च अदालतले होटल, रेष्टुरेन्ट तथा अन्य सेवा प्रदायकले ग्राहकबाट लिइने सेवा शुल्क खारेज गर्दै श्रम ऐनमा रहेको उक्त व्यवस्था संविधानविपरीत रहेको भन्दै बदर गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद काटिवाडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सेवा शुल्क गैरकानुनी ठहर गर्दै होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सीहरू लगायतका सेवा प्रदायकलाई कारबाही गर्न आदेश दिएको हो।

यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो। त्यसरी आएको रुपैयाँ मजदुर र उनीहरूका संगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो।

श्रम ऐन २०७४ को दफा ८७ को ३ र श्रम नियमावलीको दफा ८२ ले अतिरिक्त सेवा शुल्क उठाउने छुट दिएको थियो। त्यसरी लिएको सेवा शुल्क श्रमिकलाई बाँड्नुपर्ने व्यवस्था थियो। श्रम ऐनको उक्त दफा र श्रम नियमावली संविधानको धारा १३३ (१) विपरीत भएको तर्क गर्दै सर्वोच्चले बदर गरेको छ।

उक्त कानुनी व्यवस्था संविधानको धारा ४४ र ११५ मा रहेका प्रावधान, उपभोक्ता संरक्षणका लागि निर्माण गरिएका कानुन, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार गरिएका मान्यता र जारी गरिएका मार्गदर्शनलगायत कुनै दृष्टिले हेर्दा पनि उचित र न्यायोचित नभएको फैसलामा उल्लेख छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको