काठमाडौं, १२ माघ। स्थानीय बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। आज पहेँलो धातुको मूल्य प्रतितोला(११ दशमलव ६६ ग्राम) एक लाख ६ हजारभन्दा बढी तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै बुधबार चाँदी तोलामा १५ रुपैयाँले बढेर आज एक हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेका कारण नेपाली बजारमा सुनचाँदीको भाउ बढेको हो। अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा सुन र चाँदीको मूल्य निर्धारण हुन्छ। (रासस)