काठमाडौं, १२ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा शुभकामना व्यक्त गर्नुभएको छ।
ज्ञान, बुद्धि, शिक्षा, कला, संगीत र संस्कृतिकी देवी सरस्वतीप्रति समर्पित यो दिनले शिक्षा र कलालाई हाम्रो समाजले महत्व दिएको र मातृशक्तिलाई ज्ञानको आधारभूत स्रोतका रूपमा प्रस्तुत गरेको पर्वका अवसरमा जारी सन्देशमा भनिएको छ। वसन्तपञ्चमीले प्रकृतिको महत्वलाई पनि उजागर गरेको छ।
“यो पर्वले हामीलाई जोसिलो र रचनात्मक रहन पनि प्रेरणा दिन्छ। यसले हाम्रो संस्कृतिको संरक्षण र संवद्र्धनका साथै राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान पुगाउने विश्वास राष्ट्रपति भण्डारीले बताइन्।
बिहीबार देशभर सरस्वती पूजा मनाइँदैछ।