काठमाडौं, ३ माघ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्।
आज पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रीका हैसियतले शिक्षा क्षेत्रमा भएका अनुभवलाई सदुपयोग गर्दै शिक्षा क्षेत्रको अभिवृद्धिमा लाग्ने बताए।
संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याएर अगाडि बढ्ने प्रतिबद्धता जनाउदै उनले शिक्षा क्षेत्रको थप विकासका लागि विद्यालयका लागि शिक्षकको कोटा समायोजन, पाठ्यपुस्तकको समयमै व्यवस्थापन, कोभिड–१९ पश्चातको सिकाइ क्रियाकलाप कार्यान्वयन गर्ने र उनको कार्यकालमा गुणस्तर सुधारको नीतिगत व्यवस्थामा केन्द्रित हुनेछ।
सो अवसरमा उनलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए।